वाणिज्य बैंकले गरे कर्मचारीको लागि साढे ४१ अर्ब खर्च, कुन बैंकको कति ?

काठमाडौं । देशमा सञ्चालित २१ वटा वाणिज्य बैंकले कर्मचारीका लागि करिब ४१ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेका छन् । बैंकले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ३३ अर्ब ९८ करोड ९७ लाख रुपैयाँ कर्मचारीहरूको तलब भत्तामा खर्च गरेका छ भने ७ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ कर्मचारीहरूका लागि छुट्याइएको बोनस हो ।

बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रेमासमसम्म कर्मचारीहरूको तलब भत्ताको साढे ५७ प्रतिशतदेखि ७ प्रतिशतसम्म बोनसका लागि रकम खर्च गरेका छन् । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् ।

विदेशी लगानीमा सञ्चालित स्ट्यान्डर्ड चार्टड बैंक कर्मचारीलाई तलब र बोनस बढी दिने बैंकको पहिलो स्थानमा परेको छ भने नबिल बैंक दोस्रो र प्राइम कमर्शिल बैंक रहेका छन् । यी बैंकहरू कर्मचारीका लागि गरेको कुल खर्चको क्रमशः ५७.५ प्रतिशत, ४९.५ प्रतिशत र ३८.८ प्रतिशत बोनसमा खर्च गरेको छ ।
एभरेष्ट बैंक ५ औं स्थानमा र ग्लोबल बैंक ६ औं स्थानमा परेको छ ।

सरकारी स्वामित्वको कृषि विकास बैंक कर्मचारीलाई कम सेवा सुविधा दिने पहिलो बैंक बनेको छ भने नेपाल बैंक दोस्रो र राष्ट्रिय वाणिज्य बैंक १०औं स्थानमा रहेको छ । बैंकहरूको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कृषि विकास बैंकका कर्मचारीको लागि सबैभन्दा खर्च गरेको देखिएको छ । बैंकले कर्मचारीको तलबको लागि २ अर्ब ३१ करोड ८८ लाख रुपैयाँमात्रै खर्च गरेको छ भने बोनसको लागि १६ करोड १८ लाख रुपैयाँ खर्च गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स