काठमाडों । लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।
वैशाख १२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले श्रेष्ठलाई २०८० बैशाख १८ गते देखि लागु हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल श्रेष्ठ संस्थाको नायब महाप्रबन्धकका रुपमा कार्यरत छन्।
हाल संस्थाको सीईओ प्रकाशराज शर्मा रहेका छन्। उनको कार्यकाल यही वैशाख १७ गतेबाट समाप्त हुने हुँदा कम्पनीले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।