आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । आई पे रेमिट प्रा.लि. र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषिराम ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

आई पे रेमिटमार्फत मलेसिया, दुबई, कतार, जापान, कोरियाका साथै विश्वका विभिन्न मुलुकबाट पठाएको रेमिट्यान्स रकम नेपालभर छरिएर रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ।

विगत १२ वर्षदेखि विप्रेषण क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको आई पे रेमिटले नेपालभर छरिएर रहेका २० हजार बढी साझेदारबाट भुक्तानी दिनका साथै रियल टाइम अकाउन्ट डिपोजिट तथा रियल टाइम वालेट टपअपका साथै क्यास पिक अप सुविधा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स