काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमासम्म ९ महिनामा बैंकहरूले खराब कर्जा बढेर १ खर्ब ३० अर्ब ३१ करोड रुपैयाँ नाघेको छ । बैंकहरूको खराब १५२.९० प्रतिशतले बढ्दा इम्पेरिमेन्ट चार्ज वापत छ्ट्याउनु पर्ने रकम पनि ह्वात्तै बढेको हो ।
बैंकहरूको खराब कर्जा औसतमै ३.०३ प्रतिशत पुग्दा बैंकहरूको अपेक्षित जोखिम सिद्धान्त अनुरुप छुट्याउने रकम ‘इम्पेरिमेन्ट जार्च’ बढेर ३१ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ खर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गत आर्थिक वर्ष साउनदेखि चैतसम्म बैंकहरूको खराब कर्जा औसतमा १.२३ प्रतिशतमात्रै थियो । वाणिज्य बैंकहरूको लगानी त्यतिबेलासम्म ४१ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ थियो । त्यति बेला भएको लगानी अनुसार बैंकहरूको खराब कर्जा ५१ अर्ब ५२ करोड रुपैयाँ हुन आउँछ । सो कर्जाको जोखिम वहन गर्नका लागि बैंकहरूले ७ अर्ब ३८ लाख रुपैयाँ छुट्याएका थिए ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकहरूले यस्तो जोखिम वापत १६ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ छुट्याएका थिए । दोस्रो त्रैमाससम्म बैंकहरूले खराब कर्जा २.३५ प्रतिशत थियो । बैंकहरूले चालु आवको माघ महिनासम्म ४२ खर्ब ७१ अर्ब २२ करोड रुपैयाँ कूल लगानी गरेका थिए । चालु आवकै दोस्रो त्रैमाससम्म करिब १ खर्ब खराब कर्जा रहेको बैंकहरूको ३ महिनाको अवधिमा खराब कर्जा बढेर १ खर्ब ३० अर्ब नाघेको छ । बैंकहरूको खराब कर्जा बढ्दा यसको प्रत्यक्ष असर नाफामा पनि देखिएको छ ।
कसले कति छुट्याए इम्पेरिमेन्ट चार्जका लागि रकम ?
गत आवको चैत महिनाको तुलनामा देशमा सञ्चालित २१ वटै वाणिज्य बैंकको खराब कर्जा बढ्दा इम्पेरिमेन्ट चार्ज पनि बढेको छ । सबैभन्दा बढी इम्पेरिमेन्ट चार्ज कुमारी बैंकले छुट्याएको छ भने सबैभन्दा कम एनआईसी एशिया बैंकले कर्जा जोखिमवापत रकम छुट्याएको छ ।
एनआईसी पछि विदेशी लगानीका बैंकहरू स्ट्याण्डर्ड चाटर्ड, एभरेष्ट र नेपाल एसबिआई बैंकले कर्जा व्यवस्थामा अब्बल देखिएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छे«, प्राइमले कर्जा नोक्सानी वापतको रकम अर्बभन्दा कम गरेका छन् ।
चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण प्रकाशित गरेका २१ बैंकमध्ये सबैभन्दा बढी इम्पेरिमेन्ट चार्ज कुमारी बैंकले घुट्याएको छ । कुमारी बैंकले ३ अर्ब ९० करोड रुपैयाँ सो चार्ज वापत रकम छुट्याएको छ भने नबिल बैंकको खराब कर्जा बढ्दा इम्पेरिमेन्ट चार्ज वापत ३ अर्ब ३३ करोड रुपैयाँ छुट्याएको छ ।
बढी इम्पेरिमेन्ट चार्ज छुट्याउने बैंकको तेस्रो नम्बरमा परेको ग्लोबल आईएमई बैंकले २ अर्ब ७१ करोड रुपैयाँ इम्पेरिमेनट चार्ज वापत छुट्याएको छ । २ अर्बभन्दा बढी इम्पेरिमेन्ट चार्ज छुट्याउने बैंकहरूमा ग्लोबलसहित हिमालयन, सिद्धार्थ, कृषि विकास बैंक रहेको छ । समीक्षा अवधिमा हिमालयन बैंकले २ अर्ब ४५ करोड, सिद्धार्थ बैंकले २ अर्ब १६ करोड र कृषि विकास बैंकले २ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ ।
८ वटा बैंकको इम्पेरिमेन्ट चार्ज १ अर्ब ९ करोडदेखि १ अर्ब ५७ करोडको बीचमा रहेको छ भने अन्य बैंकको यस्तो चार्ज अर्बभन्दा कम रहेको छ । यो अवधिमा प्रभु बैंकले १ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज छुट्याएको छ भने नेपाल बैंकले १ अर्ब ४८ करोड ५० लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ३१ करोड ८९ लाख, सनराइज बैंकले १ अर्ब २९ करोड, एनएमबि बैंकको १ अर्ब १८ करोड, सानिमा बैंकको १ अर्ब १४ करोड ५८ लाख, सिटिजन्स बैंक इन्टरनेशनले १ अर्ब १२ करोड र लक्ष्मी बैंकले १ अर्ब ९ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज छुट्याएको छ ।
बैंकहरूको खराब कर्जा बढ्दा इम्पेरिमेन्ट चार्ज बढेको बैंकर भुवन दाहालले बताए । ‘बजारमा १ वर्षदेखि लगानी योग्य पुँजीको अभाव छ, सो कारणले कर्जाको ब्याजदर बढ्यो,’ उनले भने ‘ आर्थिक गतिविधि सुस्त हुँदा कर्जा लिएका ऋणीले बैंकको ब्याज तिर्न सकेनन् र त्यसले बैंकको इम्पेरिमेन्ट चार्ज बढायो ।’ बैंकहरूले केही गरी कर्जाको ‘राइट टप’ गर्न पर्यो अवस्था आयो भनी खराब कर्जाको आधारमा यस्तो रकम छुट्याउनु पर्ने हुन्छ । सोहि अनुरुप बैंकहरूले इम्पेरिमेनट चार्ज छुट्याएका हुन् ।
अपेक्षित जोखिमको सिद्धान्त अनुसार बैंकहरूले अपेक्षित नोक्सानको गणना गरेर त्यसबापतको रकम इम्पेरिमेन्ट लस शीर्षकमा जगेडा राख्नुपर्छ भन्ने अवधारणा छ । यो विषयमा बैंकहरूले सहुलियत खोजेका थिए । एउटा अहिले व्यवस्था भएको ‘अपेक्षित सिद्धान्त’ र अर्को ‘अपेक्षित जोखिम सिद्धान्त’ आधारित भएकोले नियामक निकाय राष्ट्र बैंकले सो रकम छुट्याउन लगाएको हो ।
अपेक्षित जोखिम सिद्धान्त अनुसार बैंकहरूले नोक्सानीको गणना गरेर त्यस वापतको चार्ज राख्नु पर्ने हुन्छ । सोही कर्जा नोक्सानीलाई व्यहोर्नको लागि बैंकहरूले यति धेरै रकम राख्नु परेको हो । कोभिडका कारण बैंकहरूले प्रवाह गरेका धेरै कर्जा ऋणीले तिर्न नसकेको अवस्थामा पुगेका छ । सो कारण बैंकहरूले यस्तो कर्जा वापतको नोक्सानी व्यहोर्न सो रकम छुट्याएका हुन् ।
राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी नीतिले पनि खराब कर्जा बढाउनमा महत्वपूर्ण भूमिका खेलेको छ । एकातिर अर्थतन्त्रलाई चलायमान बनाउने केहि भूमिका खेल्ने सेयर बजार बढ्न सकेको छैन भने अर्कोतर्फ राष्ट्र बैंकले कोभिडको बेलामा लिएको खुकुलो नीति र आक्रामक कर्जा विस्तारको कारणले बैंकहरूको एनपीएल बढ्दा इम्पेरिमेन्ट चार्जबाट बढी रकम छुट्याउनु परेको हो ।
Bank | (Rs 000) Mid Apr 2023 Chaitra End 2079 |
(Rs 000) Mid Jan 2023 Poush End 2079 |
(Rs 000) Mid Oct 2022 Ashwin End 2079 | (Rs 000) Mid Apr 2022 Chaitra End 2078 |
NIC Asia | 235,296 | (479,620) | (127,878) | 501,906 |
Standard Chartered | 438,575 | 162,790 | 105,480 | (38,305) |
Everest | 551,499 | 366,632 | 122,751 | 413,989 |
Nepal SBI | 615,822 | 371,000 | 90,010 | 240,655 |
Nepal Investment | 701,907 | 608,343 | 281,686 | (31,519) |
Machhapuchchre | 819,594 | 304,222 | 293,037 | 240,982 |
Prime | 998,696 | 583,193 | 388,535 | 100,172 |
Laxmi | 1,095,026 | 573,034 | 439,419 | 716,359 |
Citizens | 1,126,678 | 619,214 | 187,491 | 349,411 |
Sanima | 1,145,841 | 573,157 | 478,271 | 279,989 |
NMB | 1,184,594 | 621,965 | 426,973 | (266,671) |
Sunrise | 1,290,094 | 1,061,854 | 697,645 | 447,420 |
Rastriya Banijya Bank | 1,318,952 | 298,464 | 320,701 | 383,206 |
Nepal Bank | 1,485,075 | 512,178 | 214,470 | 593,513 |
Prabhu | 1,576,349 | 426,749 | 237,309 | (79,623) |
Agriculture Dev | 2,116,626 | 2,176,539 | 784,894 | 822,309 |
Siddhartha | 2,162,092 | 1,192,476 | 893,066 | 429,693 |
Himalayan | 2,455,178 | 1,498,912 | 658,928 | 600,538 |
Global IME | 2,710,773 | 1,129,181 | 728,689 | 435,640 |
Nabil | 3,331,712 | 1,887,558 | 993,418 | 610,512 |
Kumari | 3,960,213 | 1,434,658 | (70,667) | 259,589 |
Total | 31,320,591 | 16,374,856 | 9,471,803 | 7,382,307 |