हिमालयन बैंकद्वारा नशा रहित समाज नेपाललाई आर्थिक सहयोग प्रदान

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाडिगाउँ, ललितपुर स्थित नशा रहित समाज नेपाल (उपचार केन्द्र) लाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले वैशाख ०७ गतेका दिन उक्त संस्थालाई बहूद्देश्यीय हल निर्माणका लागि पाँच लाख रूपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो ।

आजको मितिमा देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ । यति मात्र नभइ यस कुलतले उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा पनि फसाइरहेको पाइन्छ । यस्तै समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएका छन् । हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छन् ।

बैंकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच बंैकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स