नेपाल बैंकले २८ करोडको सम्पत्ति बिक्री गर्न निकाल्यो २१ दिने सूचना

काठमाडौं । नेपाल बैंकले एकै पटक २८ करोड बराबरको सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको २७ करोड ९० लाख ३० हजार रुपैयाँ बराबरको गैह्र बैंकिङ सम्पत्ति बिक्रीका लागि आज एक सूचना निकालेको हो ।

बैंकले आज बैशाख १० गतेदेखि आफ्नो नामको सुनसरीका विभिन्न ठाउँमा रहेको सो मूल्य बराबरको घरजग्गा लिलाममा बिक्री गर्ने जनाएको छ । बैंकले सुनसरीको साविक दुहबी ५ स्थित कित्ता नम्बर ६, ४१४, ३९, ४०, ४१, १५ को क्रमशः ०–१२–१०, १–३–६.५, ०–७–३, ०–६–१२ र ०–१२–१५ क्षेत्रफल भएको घरजग्गा बिक्री गर्नेछ । बैंकका अनुसार सो जग्गाको मूल्य न्यूनतम ९ करोड ६८ लाख ७३ हजार ४४० रुपैयाँ तोकिएको छ ।

सोही क्षेत्रमा रहेको कित्ता नम्बर ६, ४१४, ३९, ४०, ४१ र १५ मिल मसिनरी सामग्री पनि बिक्री गर्नेछ । सो मसिनरीको मूल्य ५० लाख ८८ हजार ६ सय रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

सुनसरीको साविक सोनापुर२ ख स्थित कित्ता नम्बर १०१, १०२, ९८, १७२ र १७३ को ०–१०–१४, ०-७-५, ०-७-१, ०-५-० र ०-२-१३ क्षेत्रफल भएको जग्गा र भवन बिक्री गर्ने बैंकले जनाएको छ । सो जग्गाको मूल्य १७ करोड ७० लाख ६८ हजार ४० रुपैयाँ तोकिएको छ ।

बैंकले बिक्री गर्न लागेको घरजग्गा खरिद गर्न इच्छुकले २१ दिन अर्थात् वैशाख ३० गतेभित्र गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स