सानिमा बैंकको नाफा पौने २ अर्ब नजिक, अन्य सूचकांक कस्ता ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा नाफा ७ प्रतिशतले बढाएको हो ।

गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५९ करोड नाफा गरेको थियो । बैंकले यो अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको वितरणयोग्य नाफा ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४४ अर्ब रुपैयाँकर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ५७ अर्ब निक्षेप र १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा अनुपात २.२७ प्रतिशत रहेको छ भने सीडी रेसियो ८२.२९ प्रतिशत रहेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.३८ प्रतिशत र ८७.२२ प्रतिशत सीडी रेसियो थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स