स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ६१ करोड, ईपीएस कति ?

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको नाफा ६१.११ प्रतिशतले बढेको छ ।

बैंकले यो अवधिमा ४ अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ९३ अर्ब ७२ करोड निक्षेप संकलन गरेको थियो भने ७९ अर्ब १९ करोड कर्जा लगानी गरको थियो । यो अवधिमा बैंकको खराब कर्जा ०.९० प्रतिशत कायम भएको छ भने ८०.०८ प्रतिशत सीडी रेसियो छ ।

गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.३६ प्रतिशत थियो भने ८२.६९ प्रतिशत सीडी रेसियो थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९२ करोड रुपैयाँ छ । बैंकको लाभांश वितरणको क्षमता ३४.०२ प्रतिशत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स