कृषि विकास बैंकका सीईओले देखाए कमाल, घाटामा गएको बैंकको नाफा १ अर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कृषि विकास बैंकले १ अर्ब ४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ४५.३६ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७८/०७९ को चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गोविन्द गुरुङ नियुक्त भएपछि तेस्रो त्रैमासमा बैंकले यो प्रगति गरेको हो । दोस्रो त्रैमासमा बैंकको अवस्था निकै नाजुक देखिएको थियो । यो अवधिमा कृषि विकास बैंकले कर्जा रिकभरी गर्न सकेकोले वित्तीय विवरण राम्रो भएको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष बैंकको खराब कर्जा (एनपीएल) दर बढेसँगै नाफा प्रभावित हुन पुगेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको एनपीएल ४.२० प्रतिशत रहेको छ । दोस्रो त्रैमाससम्म बैंकको एनपीएल ४.४३ प्रतिशत थियो । गत आवको सोहि अवधिमा बैंकको एनपीएल २.३२ प्रतिशतमात्रै थियो । सोही कारण बैंकले कुल कर्जाको १२५.०७ प्रतिशत प्रोभिजन गरेको छ । खराब कर्जा बढ्दा बैंकले इम्पेरिमेन्ट चाजमा २ अर्ब ११ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ ।
बैंकले ग्राकहहरूबाट १ खर्ब ८१ अर्ब ५५ करोड निक्षेप संकलन गरेर १ खर्ब ७७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १० अर्ब ५० करोड रिजर्भ राखेर बसेको बैंकले १७ अर्ब ४८करोड ६३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ४८.१५ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । कृषि विकास बैंकको निक्षेप संकलन ५१.०४ प्रतिशतले घट्दा कर्जा लगानी भने २.५५ प्रतिशतले बढेको छ ।
तेस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७.९ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ २०१.६९रुपैयाँ कायम भएको छ ।

बैंकको कष्ट अफ फण्ड ७.८१ प्रतिशत रहेको छ भने सीडी रेसिया ८७.१९ प्रतिशत रहेको छ । बैंकको बेसरेट भने १०.२७ प्रतिशत रहेको छ । स्प्रेडदर ४.१३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स