‘आइएमई पे’ बाट विभिन्न इन्स्योरेन्सको बीमा नविकरण गरी १००% क्यासब्याक जित्ने मौका

काठमाडौं । ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ ।

आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने छ । सो सेवा अन्तर्गत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्स्योरेन्स लगायत अन्य विभिन्न इन्स्योरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न मिल्छ ।

लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नविकरण गर्ने उदेश्यका साथ आइएमई पेबाट सो इन्स्योरेन्स पोलिसीहरुको नविकरण गर्ने सुविधा उपलब्ध गराईएको हो ।

साथै नव वर्ष २०८० को उप्लक्ष्यमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकले १००% क्यासब्याक प्राप्त गर्ने मौका पनि सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स