१२ विकास बैंकको नाफा पौन ४ अर्ब पनि पुगेन, ९ वटाको नाफा घट्दा ३ वटाले मात्रै बढाए

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ वटा विकास बैंकहरूले ३ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकहरूले ५ अर्ब १० करोड रुपैयाँ नाफा गरेका थिए । बैंकहरूले चालु आवमा गरेको नाफा गत आवको सोही अवधिको तुलना २७ प्रतिशतभन्दा बढीले कम हो ।

चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्ये ९ विकास बैंकको नाफा घटेको छ भने ३ वटा बैंकको मात्रै नाफा बढेको छ । चालु आवको यो अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंकले नाफा बढाएका छन् भने अन्य बैंकको नाफा घटेको छ ।

गत आवको तुलनामा सबैभन्दा बढी नाफा कर्पोरुेट डेभलपमेन्ट बैंकले गरेको छ । बैकको नाफा वृद्धिदर ७३.२९ प्रतिशत रहेको छ । उक्त बैंकले गत आर्थिक वर्षमा ७५ लाख २३ हजार रुपैयाँ नाफा गरेकोमा सो नाफा बढेर १ करोड ३० लाख ३७ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा सबैभन्दा बढी नाफा ज्याति विकास बैंकको घटेको छ भने महालक्ष्मी विकास बैंकको नाफा पनि ४६.९४ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षमा ४८ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले यो आर्थिक वर्षमा ५५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ भने ग्रीन डेभलपमेन्ट बैंकको नफा ८.५१ प्रतिशतले बढेर १० करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्षमा ९५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा गरेको मुक्तिनाथ विकास बैंकको नाफा घटेर ८० करोड ६२ लाख रुपैयाँमा खुम्चिएको छ भने मितेरी डेभलपमेन्ट बैंकको नाफा ९ करोड ८० लाख रुपैयाँमा खुम्चिएको छ । बैंकले गत आवको सो अवधिमा १० करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यसरी नै ज्योति विकास बैंकको नाफा ५१ करोड ५७ लाख रुपैयाँबाट खुम्चिएर २० करोड १६ लाख रुपैयाँमा खुम्चिएको छ । गरिमा विकास बैंकको नाफा ७८ करोड ४६ लाखबाट घटेर ६५ लाख १८ हजार रुपैयाँमा खुम्चिएको छ ।

कामना सेवा विकास बैंकको नाफा ७८ करोड ४६ लाख रुपैयाँबा घटेर ३० करोड ५६ लाख रपैयाँमा सीमित भएको छ । महालक्ष्मी विकास बैंकको नाफा ७१ करोड ४२ लाख रुपैयाँबाट ३७ करोड ८९ लाख, लुम्बिनी विकास बैंकको ५१ करोड ६ लाखबाट ४६ करोड ८१ लाख, साग्रिला डेभलपमेन्ट बैंक४० करोड ६ लाखबाट २४ करोड ६१ लाख रुपैयाँमा नाफा खुम्चिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स