मोरङको रतुवामाई नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा

काठमाडौं । मोरङको रतुवामाई नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा कार्यालयको उद्घाटन गरिएको छ । रतुवामाई नगरपालिका वडा नं.१० नयाँ बजारस्थित नवनिर्मित भवनबाट बैंकले नयाँ शाखाको सुरुवात गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले उक्त शाखाको उदघाटन गरेका थिए ।

यस शाखा मार्फत बैंकले सम्पूर्ण सेवा दिने बैंकका संचालक समितिका अध्यक्ष निरौला जानकारी दिए । उनले बैंक नुनदेखि सुनसम्मको कारोबार गर्ने भएकोले आर्थिक क्रियाकलापलाई चलायमान बनाइ राख्न स्थानीय सरकार समक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको पनि बताए ।

उद्घाटन कार्याक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोडने कृषि लाई नछोडने नीति रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स