वाणिज्य बैंकहरूको खराब कर्जा ह्वात्तै बढ्यो, ३ बैंकको ४ प्रतिशत माथि(कसको कति ?)

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा ३ प्रतिशत नाघेको छ । चालु आवको तेस्रो त्रैसासमा पनि कर्जा रिकभरी गर्न नसक्दा खराब कर्जा बढेको हो । खराब कर्जा बढ्दा यसको असर बैंकहरूको नाफामा देखिएको छ ।

बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा २१ वटा वाणिज्य बैंकको औसत खराब कर्जा ३.०३ प्रतिशत पुगेको छ । खराब कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि नै लगातार बढ्न थालेको थियो । तेस्रो त्रैमासमा सो कर्जा ह्वात्तै बढेको हो । तेस्रो त्रैमासमा ३.०३ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा औसतमा १.१० प्रतिशत रहेको बैंकहरुको खराब कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १.८३ प्रतिशत पुगेको थियो भने दोस्रो त्रैमासमा २.३५ प्रतिशत छ ।

पछिल्लो समय बैंकहरूको कर्जा नउठ्दा सम्भावित जोखिमबापत राख्नुपर्ने रकम बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तीन बैंकको खराब कर्जा ४ प्रतिशत माथि पुग्यो । गत चैत मशान्तसम्ममा ३ बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि पुगेको छ । हिमालयन बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै छ ।

जसमा हिमालयन बैंकको खराब कर्जा सबैभन्दा धेरै ४.५६ प्रतिशत पुगेको छ भने कृषि विकास बैंकको खराब कर्जा ४.३५ प्रतिशत रहेको छ भने नेपाल बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ ।

तेस्रो त्रैमासमा सिटिजन्स बैंक ३ं९८, कुमारी बैंक ३.९७, ग्लोबल आइएमई बैंक ३.९६, सिद्धार्थ बैंक ३.९५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३.९४, राष्ट्रिय वाणिज्य बैंक ३.८८ प्रतिशत रहेको छ । त्यसरी नै नबिल बैंकको पनि खराब कर्जा ४ प्रतिशत नजिक पुग्दा सनराइज बैंकको ३.६२ प्रतिशत, प्रभु बैंकको ३.४८ प्रतिशत, प्राइम कमर्शिएल बैंकको ३.०६ प्रतिशत खराब कर्जा पुगेको छ ।

एनएमबि, माछापुच्छ्रे, सनराइज बैंकको खराब कर्जा क्रमशः २.९६, २.३७ र २.२७ प्रतिशत रहेको छ भने लक्ष्मी बैंकको खराब कर्जा १.८२ प्रतिशत रहेको छ ।

त्यसरी नै ४ बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम रहेको देखिएको छ। एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र नेपाल एसबिआई बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ जसमा एभरेष्ट बैंकको सबैभन्दा कम ०.७ प्रतिशत रहेको छ भने एसबिलाई बैंकको खराब कर्जा ०.९७, स्ट्यान्डर्ड चाटर्ड बैंकको ०.९, एनआईसी एशिया बैंकको ०.८५ प्रतिशतमात्रै खराब कर्जा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स