माछापुच्छ्रे बैंकको नाफा सवा अर्ब, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ गरेको थियो । गत आवको सोही त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५ प्रतिशतले घटेको छ ।

बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कुल निक्षेप १ खर्ब ४१ अर्ब र १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको थियो ।

बैंकको यो अवधिमा २.५ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८२ प्रतिशत कायम भएको छ । गत आवको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.८७ प्रतिशत र सीडी रेसियो ८९.१३ प्रतिशत थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स