लुम्बिनी विकास बैंकको ग्राहकहरुलाई कुटि रिसोर्टको विभिन्न सेवा तथा सुविधाहरुमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्टसँग आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार बैंक ग्राहकहरुलाई कुटि रिसोर्टले विभिन्न सेवा तथा सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ । कुटि रिसोर्टको बिभिन्न सेवा तथा सुविधाहरु अन्तर्गत ग्राहकहरुले खाना तथा बस्न, ब्यायम तथा स्वास्थ्य क्लब, स्वीमिङ्ग पुल, स्पा तथा सउनाको आनन्द लिन सक्ने छन् ।

उक्त सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटि रिसोर्टको तर्फबाट मेनेजिङ्ग डाईरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

यस बैंकले देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई निस्शुल्क डेबिटरएटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स