नेपाल इन्भेष्टभेन्ट ३ अर्ब ४ करोड नाफा, ईपीएस कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत मसान्तसम्म्मा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा बैंकले गत आर्थिक वर्षको सोही अवधीमा आर्जन गरेको भन्दा २२.९६ प्रतिशतले बढी हो ।

गत आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन थियो । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड ऋणात्मक देखिन्छ ।

बैंकको खराब कर्जा २.२० प्रतिशतबाट बढेर ३.९४ प्रतिशत पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले बढेर ७ अर्ब ७९ करोड पुगेको छ, जुन गत आवको सोही अवधिमा ३ अर्ब ९० करोड रुपैयाँ मात्रै थियो ।

बैंकको सञ्चालन नाफा ५५.८६ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड पुगेको छ । बैंकले ३ खर्ब ५० अर्ब निक्षेप संकलन गरेर ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

३४ अर्ब १२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड ६५ रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १५.२० रुपैयँँ र प्रतिसेयर नेटवर्थ १६६.८८रुपैयँँ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स