सनराइज बैंकको नाफा १ अर्ब ६७ करोड, यस्तो छ बैंकको अवस्था

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको गत आवको सोही अवधिमा १ अर्ब ८२ करोड रुपैयाँ थियो । तर, अहिले नाफा घटेको छ । बैंकको वितरणयोग्य नाफा ४ करोड ८३ लाख रुपैयाँ नोक्सानमा छन् ।

बैंकले यो अवधिमा ४ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकले तेस्रो त्रैमासमा १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.६२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८७.१० प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सीडी रेसियो ९१.८६ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १५.४३ रुपैयाँ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स