सिटिजन्स बैंकको नाफा खुम्चियो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको छ गत आवको सोही अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको वितरणयोग्य नाफा १४ करोड ३४ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ११.६१ रुपैयाँ छ ।

यो अवधिमा बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यो अवधिमा बैंकको निक्षेप संकलन ८ अर्ब बढेर १ खर्ब ६० अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३९ अर्ब पुगेको छ ।

बैंकले गत आवको सोही अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.९८ प्रतिशत छ भने सीडी रेसियो ८६.५६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सोही अवधिमा खराब कर्जा १.७२ प्रतिशत र सीडी रेसियो ९०.६९ प्रतिशत थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स