बैंक अफ काठमाण्डूका ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । दशैंलाई लक्षित गरी बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

दराजले असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्ने सक्नेछन् ।

बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेका अधिकतम २००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा अधिकतम २५०० सम्म छुटको पाउनेछन् ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स