नबिल बैंकले कमायो ५ अर्बमाथि बढी नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत बढेको छ ।

कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यद्यपि, बैंकको सञ्चालन मुनाफा ५६.५४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १८.५० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी २७ अर्ब ५ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २७ अर्ब २९ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो ९ महिनामा बैंकको निक्षेप ११.४२ प्रतिशत बढेको छ भने कर्जा ७.७६ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स