सिटिजन्स बैंक १७ औं वर्षमा प्रवेश, ‘टप टेन’ को मिसन

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पद छाडेर केहि व्यक्तिहरूको सपोर्टमा आजभन्दा १६ वर्ष अघि राजनसिंह भण्डारीले सिजिजन्स बैंक इन्टरनेसल स्थापना गरेका हुन् । उनको अथक प्रयास पछि नयाँ कल्चरका साथ सुरु भएको यस बैंकको यात्रा आज १६ वर्ष पुरा गरेर १७ वर्षमा पाइला टेकेको छ । बैंकले यो अवसरमा सदाको वर्षमा यस वर्षपनि बैंकको स्थापना दिवस प्रभात फेरि र रक्तदान कार्यक्रम गरेर मनाउने भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल कान्छो पुस्ताको बैंक हो । स्थापनाको १६ वर्ष पुरा भएको बैंकका सीईओ गणेशराज पोखरेल कान्छो पुस्ताकै बैंकर हुन् । पोखरेल नेतृत्वमै आएपछि ‘मिसन टप टेन’ को नारा लिए अघि बढेको यस बैंकले अहिलेको जटिल परिस्थितिमा पनि लोभलाग्दो प्रगति गरेको छ ।

२ अर्ब चुक्तापुँजी भएको सिटिजन्स बैंक अहिले ८ अर्ब हुँदै १४ अर्ब २० करोडको बैंक बनेको छ । सहयोगी विकास बैंक, तिनाउ मिसन विकास बैंक र सिर्जना फाइनान्सलाई आफूमा विलय गरेर तीन वटै कम्पनीको कार्यशैली (कल्चर) मिसाएर उन्नत/उम्द, भरपर्दो र विश्वासिलो बैंक बनेको छ । देशैभर व्यवसाय विस्तार गर्ने क्रममा बैंकले आफ्नो कम उपस्थिति भएको स्थानमा सेवा दिइरहेका २ विकास बैंक र एउटा वित्त कम्पनीलाई एक्युजिशन गरेको हो ।

आफ्ना ग्राहकलाई सधै स्वागतका साथ चुस्त सेवा दिनु बैंकको विशेषता हो । लाभांशमा लगानीकर्तालाई खिन्न कहिल्यै बनाएको छैन । नियामक निकाय राष्ट्रको अधिनमा रहेर वाणिज्य बैंकहरूमा सबैभन्दा पहिला आफ्नो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने यस बैंकले नाफा पनि उत्तिकै लोभलाग्दो छ ।

शीर्ष १० बन्ने लक्ष्यका साथ बैंकले बनाएको गोरेटो फराकिलो पार्ने यो क्रमलाई बैंकले ‘राजमार्ग विस्तार’ मानेको छ । चालु आर्थिक वर्षमा बैंकले ९ प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ । बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

स्थापना कालदेखिनै अध्यक्ष सिंहले सम्हाल्दै आएका यस बैंकको व्यवस्थापन नेतृत्व अहिले सिटिजन्स बैंक इन्टरनेसनलको बागडोर गणेशराज पोखरेलले सम्हालेका छन् । गणेशराज पोखरेलले बैंक सम्हालेसँगै बैंकमा जिम्मेवारी हस्तान्तरणका साथै पुस्तान्तरण पनि भएको छ ।

नयाँ पुस्ताका सीईओ बनेका छन्, त्यो पनि आफ्नै बैंकको प्रडक्ट । हन त वित्तीय बजारमा यस्तो अभ्यास अरु बैंकमा पनि देखिएको छ । २०७५ पुस १ गतेदेखि लागू हुनेगरी भण्डारीले राजीनामा दिएपछि त्यसको साढे ३ महिनापछि पोखरेल फूल सीईओ बनेका हुन् ।

यद्यपि आफ्नै प्रडक्टलाई सीईओ बनाउने अभ्यासको जस भने सिटिजन्स बैंकलाई जान्छ । एग्रेसिभ बिजनेस मोडल अपनाएर सिटिजन्सले टप बैंक बन्ने प्रयास गरेको छ । नियामकीय निकाय नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्था अक्षरस पालना गर्नुका साथै सबै नियामकीय कम्प्लायन्स पुरा गरेको छ । अन्य बैंकको तुलनामा सिटिजन्स कमभन्दा कम कारबाहीमा पर्ने बैंक बनेको छ ।

यसो त अहिले अध्यक्ष रहेका भण्डारी व्यवस्थापकीय भुमिकामै रहँदा नै बैंकको प्रगतिको पाइला कोरिएको थियो, पुच्छरमा जस्तो देखिने बैंक क्रमैसँग सदृढ बन्ने कार्ययोजनाको आधारशीला भण्डारीले नै तयार पारेका थिए । बैंकिङ क्षेत्रको अनुभवले निखारिएका भण्डारीपछि चतुर ढंगले बैंक चलाउन जान्ने पोखरेलले व्यवस्थापन सम्हालेपछि उनले सिस्टममा चल्ने बैंकका रुपमा सिटिजन्सलाई स्थापित गरेका छन् । छुट्टै प्रकारको कार्यशैली र संस्कृतिको विकास गरे ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा एउटा प्रणाली बनाएका छन् । बैंकको सबै काम सिस्टममै चल्छ । सीईओ कहाँ आएर काम गराउने प्रणाली अन्त्य गर्न बैंकले विभाग र विभिन्न चुस्त शाखाको व्यवस्था गरेको छ ।

हरेक विभागमा प्रतिस्पर्धी र क्षमता वान कर्मचारी छन् । प्रणालीमा विश्वास राख्ने अध्यक्ष भण्डारी र पोखरेलकै कारण सिटिजन्स बैंक प्रणाली मै चल्छ । स्वफुर्त टिम, सञ्चालकको विश्वास, कर्मचारी दत्तचित्त भएर काममा लाग्ने बानी, केही प्राप्तिका कारण बैंक अहिलेसम्मको अवस्थामा आइपुगेको छ । बैंकमा १ हजार ७ सय २६ जना कर्मचारी कार्यरत छन् । मेहनत, लगनशीलता र जिम्मेवारी वहन गर्ने कर्मचारी कै कारण बैंक आजको अवस्थामा आइपुगेको हो ।

भण्डारीको ‘वर्क इथिक्स’ को अभ्यासबाट सिटिजन्स बैंकलाई अब्बल बैंक बनाउने मियो सम्हालेका पोखरेलले हरेक बैकिङ सेवा सम्बन्धी निर्णयको जिम्मा व्यवस्थापनको सम्बन्धित विभागलाई दिने र आफूले कमभन्दा कम इन्टरभेन्सन गर्ने गर्छन् ।

अहिले बैंकले ग्रामिण तथा दुर्गम क्षेत्र र बैकिङ सेवाबाट वञ्चित व्यक्ति तथा संघसंस्थालाई बैंकको दायरामा ल्याई निक्षेप परिचालन बढाउनुका साथै बैंकका अन्य सेवाहरुको सन्तुलित रुपमा बजारीकरण गर्दै व्यवसाय विस्तारमा लाग्ने, आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रुपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैकिङ सुविधा प्रदान गर्दै आएको छ ।

समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास गर्ने, विभिन्न व्यवसायिक संघ–संस्था लगायत व्यक्तिगत ग्राहकहरूसँगको सम्बन्ध सुमधुर बनाउनका लागि छिटो एवम् छरितो तवरले ग्राहकमुखी सेवाहरू उपलब्ध गराउने, बैंकको समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरूलाई मजबुत बनाइ उल्लिखित चुनौतीको समाधान गर्ने र बैंकको आन्तरिक कार्य प्रणालीमा खर्च मितव्ययिता अपनाई निर्धारित लक्ष्य प्राप्त गर्ने रणनीति अवलम्बन गरेको छ । साथै बैंकले निष्कृय कर्जा तथा पाकेको ब्याज तथा कर्जाको भाका नाघेका ऋणीहरूको उचित व्यवस्थापन गरी वितरणयोग्य मुनाफा वृद्धि गर्ने नीति पनि लिएको छ ।

अस्तित्वमाथि प्रश्न उठ्न थालेपछि डेढ वर्षअघि सिटिजन्सले ‘मिसन टप टेन’ सुरु गरेको हो । सो बेला ३ वर्षमा शीर्ष १० भित्रको बैंक बन्ने रणनीति बनाएको हो । सोही रणनीति अनुसार धेरै वित्तीय सूचकांकमा उल्लेखनीय सुधार आइसकेको छ । बैंकले लिएको सो मिसन पुरा पनि हुन्थ्र्यो होला, तर कोरोनाले अर्थतन्त्रलाई अस्तव्यस्त बनाइ दियो । बैंकले लिएको लक्ष्य पुरा गर्न केहि कठिन भएपनि छिट्टै आफ्नो मिसनमा पुग्ने अडान बैंकको छ ।

५ वर्षमा बैंकले १६ अर्ब ४३ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ७ अर्ब ७१ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसैगरी ८ करोड ३४ लाख अमेरिकी डलर रेमिट्यान्स कारोबार गरेको बैंकले सरकारलाई कुल ६ अर्ब ९३ करोड ३५ लाख ७३ हजार रुपैयाँ कर तिरेको छ ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स