राष्ट्र बैंकले गर्यो नेष्डो समृद्ध लघुवित्तको लाभांशमा भारी कटौती, १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तको लाभांशमा भारी कटौती गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्ताव गरेको लाभांशमा भारी कटौती गरेको हो।

कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी २५ करोड २५ लाख रुपैयाँमा उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७३.६८ प्रतिशतले हुन आउने १८ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

जसमा ५० प्रतिशत बोनस सेयर , २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। तर, राष्ट्र बैंकले लघुवित्तलाई १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न निर्देशन दिएको छ ।

कम्पनीको संचालक समितिले भने राष्ट्र बैंकको यो निर्देशन कार्यान्वयन गर्न नसकिने निर्णय गरेको छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त एउटै प्रकृतिका संस्थाबीच एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा सामना नभएको र राष्ट्र बैंकको यो कदमले सेयरधनीहरुले पाउने प्रतिफलको अधिकरसमेत हनन भएको संस्थाले ठहर गरेको छ।

राष्ट्र वैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र केन्द्रिय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपुर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्ने निर्णय कम्पनीले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स