बैंक तथा वित्तीय संस्थाहरूले साढे ४८ अर्ब लगानी गरेर साढे ५३ अर्ब नाफा कमाए, नबिल नम्बर ‘वान’, निम्छरो कृषि विकास बैंक

कुन बैंकको नाफा कति ?

काठमाडौं । फागुन अन्तिमसम्ममा देशमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले ५३ अर्ब ५९ लाख रुपैयाँ नाफा कमाएका छन् । बैंकहरूले कमाएको सो नाफा गत आवको सोही अवधिको तुलनामा १ अर्ब ५९ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । बैंक तथा वित्तीय संस्थाले ४८ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेर सो नाफा कमाएका हुन् ।

माघ महिनाको तुलनामा बैंक तथा वित्तीय संस्थाको नाफा १९.५२ प्रतिशतले बढी हो । चालु आवको माघ महिनासम्म बैंकहरू ४४ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएका थिए । हाल देशमा २१ वटा वाणिज्य बैंक १७ वटा विकास बैंक १७ वटा फाइनान्स कम्पनी सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले कमाएको सो नाफामध्ये ४८ अर्ब ८३ करोड रुपैयाँ वाणिज्य बैंकहरूले नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । गत आवको फागनु महिनासम्म वािणज्य बैंकहरूले ४६ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएका थिए । चालु आवको माघ महिनासम्ममा ४१ अर्ब २ करोड रुपैयाँ नाफा कमाएका थिए । वाणिज्य बैंकहरूले फागुन महिनामात्रै ७ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएका छन् ।

चालु आवको फागुन महिनामसम्म विकास बैंकहरूले ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका छन् । विकास बैंकहरूले माघ महिनासम्म जम्मा ३ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएका थिए । गत आवको फागुन महिनासम्म विकास बैंकहरूको नाफा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।

विकास बैंकहरूको नाफा करिब ५ अर्ब पुग्न लागेपनि फाइनान्स कम्पनीहरूको नाफा भने करोडमा सीमित भएको छ । फाइनान्स कम्पनीहरूले चालु आवको फागुन महिनासम्म ९८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूको नाफा ८१ करोड रुपैयाँ थियो ।

नबिलको नाफा ५ अर्बभन्दा बढी
नबिल बैंकले कमायो ५ अर्ब बढी नाफा कमाएको छ । फागुनसम्ममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ । माघसम्ममा ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको बैंकले फागुन महिनामा मात्रै १ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ ।

ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । माघ महिनासम्म ग्लोबल बैंकको नाफा ३ अर्ब ५५ करोड रुपैयाँ थियो । एनआइसी एशिया बैंकले ४ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । माघ महिनामा बैंकको नाफा ३ अर्ब ६७ करोड रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ।

फागुनसम्ममा कृषि विकास बैंकको नाफा सबैभन्दा कम नाफा कमाएर निम्छरो बैंकको रुपमा देखिएको छ । उसले ४१ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यस्तै सनराइज बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ भने सिटिजन्स बैंकले १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स