बैंकहरूको सञ्चालक समितिका लागि गर्ने खर्चमा धेरै अन्तर,कसैको करोडभन्दा माथि कसैको अत्यन्त न्यून, किन ?

काठमाडौं । देशमा सञ्चालित वाणिज्य बैंकहरूले सञ्चालक समिति भत्ता तथा सञ्चालक सम्बन्धी खर्चमा धेरै अन्तर देखिएको छ । अधिकांश बैंक सञ्चालक समितिमा ७ जना सञ्चालक भएपनि सञ्चालक समितिलाई प्रदान गर्ने भत्तामा भने ठूलो अन्तर देखिएको हो । कुनै बैंकको सञ्चालक समितिको भत्तामा एक वर्षमा करोड रुपैयाँभन्दा बढी खर्च गरेको छन् भने कुनै बैंकले बैंकले अत्यन्त न्यून सञ्चालकलाई भत्ता दिएर पनि बैंक चलाएको बैंकहरूले नै प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा बैंकहरूले सञ्चालक समिति भत्ता तथा सञ्चालक सम्बन्धी खर्च गरी ६ करोड ७५ लाख ८८ हजार ३८४ रुपैयाँ खर्च गरेका छन् । बैंकहरूले सञ्चालक समिति भत्तामा ३ करोड ८१ लाख ४९ हजार रुपैयाँ खर्च गरेका छन् भने सञ्चालक सम्बन्धी अन्य खर्चमा २ करोड ९४ लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरूले बैंकहरूले उक्त दुई शीर्षकमा ५ करोड ६५ लाख १८ हजार रुपैयाँ खर्च गरेका थिए ।

बैंकिङ क्षेत्रमा कहिले तरलता अभाव र कहिले कर्जा प्रवाहमा समस्या आइरहँदा पनि बैंक सञ्चालकहरूले भने आफ्नो भत्ता र खर्च बढाएका हुन् । सञ्चालक भत्ता तथा सो सम्बन्धी खर्च गर्नेमा विदेशी लगानीका बैंकहरू खर्च मितव्ययीता अपनाएका छन् भने निजी क्षेत्रका बैंकहरूले सञ्चालक भत्ता तथा उनीहरूको खर्चको लागि यथेष्ट रकम खर्च गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको तलब भत्ता बढी भयो भनिरहेका बेला बैंकले सञ्चालक समितिको लागि गर्ने खर्चका सम्बन्धमा पनि हाम्रोअर्थले यो रिपोर्ट तयार पारेको हो । बैंकहरूकै प्रतिवेदनमा उल्लेख गरे बमोजिम सबैभन्दा बढी सञ्चालक समिति भत्ता एनआईसी एशिया बैंकको देखिएको छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चाटर्ड बैंकको देखिएको छ ।

खर्च म्यानेज गर्न निजी क्षेत्रको लगानीमा सञ्चालित एनएमबि बैंकले पनि सञ्चालक समितिको लागि कम खर्च गरेको देखिएको छ । बैंकले गत आवमा जम्मा १४ लाख ३६ हजार रुपैयाँमात्रै सञ्चालक समितिको लागि भत्ता उपलब्ध गराएको छ ।

बैंक सञ्चालक समितिका लागि सबैभन्दा बढी खर्च एनआईसी एशिया बैंकले गरेको बैंकको प्रतिवेदनबाट देखिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा १ करोड रुपैयाँ सञ्चालक समितिको भत्ता र १७ लाख ५२ हजार रुपैयाँ सञ्चालक सम्बन्धी अन्य खर्चमा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले यी दुई शीर्षकमा क्रमशः ७५ लाख ५७ हजार र १७ लाख ३३ हजार रुपैयाँ खर्च गरेको थियो ।

त्यसरी नै नबिल बैंकले गत आवमा सञ्चालक समितिको लागि ६५ लाख ३० हजार भत्ता वितरण गरेको छ भने ३३ लाख २५ हजार सञ्चालक सम्बन्धी अन्य खर्च गरेको छ । अघिल्लो आवमा बैंकले सञ्चालक सम्बन्धी ४१ लाख ८३ हजार र सञ्चालक सम्बन्धी अन्य खर्चमा १३ लाख २४ हजार रुपैयाँ खर्च गरेको थियो ।

माछापुच्छ«े बैंकले पनि सञ्चालक समितिको भत्ताको लागि ३० लाख रुपैयाँ खर्च गरको छ भने अन्य खर्चमा १६ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । स्टयाण्र्डड चाटर्ड बैंकले सबैभन्दा कम ८ लाख ४० हजार रुपैयाँ सञ्चालक समितिसम्बन्धी भत्ता र १२ लाख रुपैयाँ सञ्चालक समितिका लागि खर्च गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स