बिवाईडीले गर्यो एनएमबी बैंक सँग सजिलो इभी फाइनान्सिको लागि एमओयुमा हस्ताक्षर

काठमाडौं । बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपाल स्थित आधिकारिक बिक्रेता साईमेक्स इंक प्रा.लि. ले विद्युतीय सवारीका लागि एनएमबि बैंकसँग रणनीतिक बैंक वित्तिय सम्झौताको घोषणा गरेको छ ।

यो साझेदारीले नेपाली उपभोक्ताहरुलाई प्रतिस्पर्धी वित्तीय विकल्पहरु प्रदान गरेर बिवाइडीका इभी गाडी खरिद गर्न सजिलो बनाउने लक्ष्य राखेको छ ।

साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन् ‘विश्वभरका मानिसहरुलाई दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । एनएमबि बैंकसँगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।’

बिवाइडी विभिन्न मोडलहरुका विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन् । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागसँगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवद्धृन गर्न मद्दत गर्नेछ ।

एनएमबि बैंकले ५ वर्षसम्मका लागि १२.४९ प्रतिशत निश्चित दरमा अनी त्यसपछि २ वर्षसम्म सामान्य दरमा ८० प्रतिशत इभी फाइनान्सिङ गर्ने भएको छ ।

साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी अट्टो थ्री ६४.९० लाख रूपैयाँ, नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बिवाइडी अल–इ न्यू सिक्स ५९ लाख रूपैयाँमा बजारमा उपलब्ध गराउँदैछ ।

केबल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी अट्टो थ्री १२.९८ लाख र बिवाइडी अल–इ न्यू सिक्स मात्र ११.८० लाखमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स