नेपाल बैंकले कर्जा अपलेखनमा ध्यान दिएन, ७९ अर्ब ९२ करोड अपलेखित कर्जा उठाउन बाँकी

महालेखाको ६० औं प्रतिवेदन

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले कर्जा अपलेखनमा ध्यान नदिएको महालेखा परिक्षकको कार्यालय औल्याएको छ । बैंकले आव २०७८/०७९ मा कर्जा अपलेखन नगरेको हो । बैंकले २०७९ असार मसान्तमा अपलेखित भएको कर्जा ७९ अर्ब ९२ करोड ४६ लाख रुपैयाँको अहिलेसम्म अपलेखन नगरेको हो ।

कर्जा अपलेखन नगर्नु भनेको बैंकले कर्जा उठाउनको लागि पहल नगर्नु हो । विगत बैंकले अपलेखन गरेको कर्जामध्ये २१ करोड ९३ लाख रुपैयाँ उठाएको थियो । तर, गत आवमा भने बैंकले कर्जा उठाउन कुनै पहल गरेको छैन ।
त्यसरी नै कृषि विकास बैंकले ८ वटा उज्राती खाता सञ्चालन गरेको छ ।

ती खातामा २०७९ असार मसान्तसम्म लिनुपर्ने रकम(डेबिट मौज्दात) ४६ लाख ३५ हजार र क्रेडिट (तिर्नुपर्ने) ५० लाख ६२ हजार रुपैयाँ देखिएको छ । विभिन्न खाताबाट बैंकले तिर्नुपर्ने रकम २ अर्ब ६१ करोड रुपैयाँ र तिर्नुपर्ने ९ अर्ब ७१ करोड देखाएकोमा हिसाव मिलान गरेको छैन ।

बैंकले शाखा खोल्दा नमिलेको हिसाव पनि मिलान गर्न नसकेको महालेख परिक्षकको कार्यालयले औल्याएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा शाखा खोल्दा १ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ हिसाव मिलान हुन बाँकी रहेकोमा सो हिसाव पनि अहिलेसम्म मिलान गर्न सकेको छैन ।

साथै बैंकले राष्ट्र बैंकले दिएको निर्देशन समेत पालना गरको छैन । राष्ट्र बैंकले २०७६/०७७ सालको साधारणसभा गर्ने स्वीकृत दिँदा २०७३/०७४ मा विशेष जगेडा कोषबाट सञ्चित मुनाफामा सारेको १ अर्ब १९ करोड रुपैयाँ पुनः जगेडा कोषमा फिर्ता लैजान निर्देशन दिएकोमा बैंकले गत आव २०७८/०७९ सम्म सो रकम विशेष जगेडा कोषमा नदेखाई सञ्चित मुनाफामै देखाएको छ ।

‘कर्जा अपलेखन’ भन्नाले बैंक/वित्तीय संस्थाले असुल उपर गर्नुपर्ने कुनै कर्जाको बक्यौता रकमलाई त्यस कर्जाको लागि व्यवस्था गरिएको कर्जा नोक्सानी व्यवस्था रकम खर्च गर्ने गरी वा कर्जा नोक्सानी व्यवस्था नभएकोमा वा नपुग भएकोमा नाफा÷नोक्सान हिसाबमा खर्च लेखी हिसाव मिलान गरी आफनो लेखावाट पूर्ण वा आंशिक रुपमा कटाउने कार्य सम्झनु पर्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स