दुई फाइनान्स कम्पनी परे राष्ट्र बैंकको कारवाहीमा, कति तिरे जरिवाना ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । बैंकले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा सीडि रेसियो सीमाभन्दा बढी भएको भन्दै कारवाही गरेको हो ।

कारवाही पर्नेमा नेपाल फाइनान्स र जानकी फाइनान्स रहेका छन् ।

यी दुई फाइनान्सले चालु आवको पहिलो त्रैमासम्म कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि पु्रयाएपछि जरिवाना तिर्नु परेको छ ।

चालुआवको पहिलो त्रैमासमा नेपाल फाइनान्सले १ लाख ४९ हजार ३ सय ६३ र जानकी फाइनान्सले ८० हजार ९ सय ८५ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई बुझाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स