वैशाखदेखि लागू हुने गरि विकास बैंकहरुले पनि घटाए ब्याजदर, कतिले घट्यो ?

काठमाडौं । वैशाखदेखि लागू हुने गरि विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् ।

बुधबार बसेको डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरि ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैंठकले निक्षेपको ब्याजदर १ प्रतिशत विन्दूले घटाउने निर्णय गरेको छ ।

विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साबिकको ११.६ प्रतिशतबाट घटाएर १०.६ प्रतिशत झार्ने निर्णय गरेका छन् ।

यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ८.६० प्रतिशत बनाइएको छ ।

बचतको ब्याजदर पनि साबिकमा ०.६० प्रतिशत विन्दूले घटाउने निर्णय भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स