काठमाडौं । नेपालले खुला बजार अर्थनीति अपनाएपछि नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्न छाडेको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । २०४६ सालमा जब नेपालले खुला अर्थनीति अपनायो त्यो बेलादेखि बजारले ब्याजदर निर्धारण गर्ने गरेको उनले बताएका हुन् । ‘ बैंकको ब्याजदर डिमाण्ड र सप्लाईले निर्धारण गर्छ,’ उनले भने ‘ब्याजदर राष्ट्र बैंकले तोक्ने होइन ।’
राष्ट्र बैंकले कहिले काहिँ पोलिसी इन्टरभेन्सन भने गरिरहेको बताए । बजारको तरलताको आधारमा, जोखिमका आधारमा ब्याजदर ब्याजदर बजारलाई नै निर्धारण गर्न छाडिदिएका छौं ।’
‘बजारमा तरलता सहज हुँदा ब्याजदर घटेर र तरलता अभाव हुँदा बढ्ने नियमित प्रक्रिया भएको स्पष्ट पार्दै ब्याजदरको स्वभाविक लाभ सर्वसाधारणहरूले पाउनुपर्छ भन्ने हो,’ उनले भने ।
राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूलाई निक्षेप र कर्जाको ब्याजदर अन्तर ४.४ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको र चैत मसान्तसम्म वाणिज्य बैंकहरूले त्यस्तो अन्तर ४.२ प्रतिशतमा सीमित गरिसक्नु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको नियमअनुसार असार मसान्तभित्र ब्याजदर अन्तर ४ प्रतिशतमा कायम हुने हुनुपर्ने व्यवस्था गरेको छ ।