काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
बैंकले राजनप्रसाद अमात्यको नाममा रहेको २ लाख कित्ता र टिकाराम सापकोटाको नाममा रहेको ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्यसहितको खरिद आवेदन बैंकको प्रधान कार्यालय वा कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।