प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनीहरु गणपति वनस्पति प्रा.लि.को नाममा रहेको १६ लाख ५९ हजार २४३ कित्ता, ताराप्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इन्सान भट्टराईको नाममा रहेको २ लाख २८ हजार ३ कित्ता र रञ्जना उदासको नाममा रहेको ५० हजार छन् ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्यसहितको खरिद आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ ।

सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स