आइएमई पे मार्फत गोल्डस्टार शुज को खरिदमा फ्ल्याट १५% छुट

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ले ‘गोल्डस्टार शुज’ सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

२०७९ चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिन का लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारीक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन -गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रर्वद्घनात्मक गर्न सो सम्झौता गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स