हिमालयन बैंकको साँगा स्थित स्पाइनल इन्जरी पुनःस्थापना न्द्रमा पहिलो अपांगमैत्री एटीएम संचालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले र बैंकिङ सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राखी काभ्रे जिल्लाको साँगा स्थित स्पाइनल इन्जरी पुनःस्थापना केन्द्रमा पहिलो अपांगमैत्री एटीएम संचालनमा ल्याएको छ । सबैको लागि बैंक, सबैका लागि बैंकिङ सुबिधा भन्ने उद्देश्यले बैंकले आफ्नो एटिएम सुबिधा सो स्थानमा सुरुवात गरेको हो ।

बैंकको सो एटीएम को उद्घाटन २०७९ साल चैत्र २४ गते शुक्रबारका दिन स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षित द्वारा गरिएको थियो ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

हाल बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स