सामुदायिक लघुवित्तको लाभांश घट्यो

काठमाडौं । सामुदायिक लघुवित्तको लाभांश घटेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट प्रस्ताव गरेको लाभांश घटाएको हो ।

कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल २१.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले १५ प्रतिशत मात्र लाभांश बाड्न स्वीकृति दिएपछि कम्पनीले अब १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

योसँगै अब कम्पनीले १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १३ करोड २० हजार लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स