कामना सेवा विकास बैंकद्वारा बुथ हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकलेले बधुबार आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा काठमाडौंको बाँसबारीस्थित जुत्ता मेन्डरका लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ। उक्त बुथले स्थानीय उद्यमीलाई व्यवसाय गर्न सुविधायुक्त वातावारण बनाउने उद्देश्य रहेको छ।

उक्त बुथको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं.३ का वडा सदस्य कृष्णराज चालिसेले गरेका छन्। बुथ बाँसबारीस्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरी उनीहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस भन्ने उद्देश्य रहेको बैंकले लिएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स