नेशनल फण्ड म्यानेजमेन्टको सीईओमा सानिमा बैंकको एसिस्टेन्ट सीईओ सरोज गुरागाईँ, वैशाखदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । सानिमा बैंकका चिफ डिपोजिट अफिसर (एसिस्टेन्ट सीईओ) सरोज गुरागाईँ नेशलन फण्ड म्यानेजमेन्टको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । योसँगै गुरागाईँले सानिमा बैंकको सो पदबाट राजिनामा दिएका छन् । यही चैत मसान्तदेखि लागू हुने गरी गुरागाईंले बिहिबार आज राजीनामा दिएका हुन् ।

नेशनल फण्ड म्यानेजमेन्टमा गुरागाईँले वैशाखदेखि कार्यकार सम्हाल्ने गरी नियुक्त भएका हुन् । ‘नयाँ वर्षदेखि नयाँ जोश र जाँगरका साथ काम उक्त कम्पनीको म्यानेजमेन्ट सम्हाल्न लागेको हुँ, नवनियुक्त सीईओ गुरागाईँले भने ।

गुरागाईँले हाल सानिमा बैंकका एसिस्टेन्ट सीईओ हुन् । उनले उक्त बैंकमा काम गरेको १२ वर्ष पुग्न लागेको छ भने यस अघि उनी सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत थिए । इक्वीटी फण्ड र भेञ्चर क्यापिटलको क्षेत्रमा केही गर्ने सोचका साथ गुरागाईँ उक्त कम्पनीमा जान लागेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकबाट करियर शुरु गरेर दुई दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय गुरागाईंले भारतबाट चार्टर्ड एकाउन्टेन्टसी र काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका छन् । वित्तीय क्षेत्रको विश्लेषणमा उनी अब्बल मानिन्छन् ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा कर्मचारी सञ्चय कोष, कृषि विकास बैंक, हिमालयन बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, र नेपाल टेलिकमको ७० प्रतिशतभन्दा बढी लगानी छ । उक्त कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स