२० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार (चैत २३ गते) २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिपो जारी गरेको हो ।

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो वैशाख ७ गते परिपक्व हुने यो रिपो भोलि दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् । यसअघि राष्ट्र बैंकले गत चैत २ गते १५ अर्ब रुपैयाँ, फागुन १८ गते २० अर्ब रुपैयाँ, फागुन ३ गते ३० अर्ब रुपैयाँ र पुस १४ गते ५० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स