काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कार्ड सम्बन्धी सेवा २४ सै घण्टा र विद्युतीय भुक्तानी सेवा १६ घण्टा प्रदान गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले विद्युतीय कारोबारलाई अझ बढी भरपर्दो बनाउन तथा विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउन सक्ने कठिनाइका सेवाग्राहीको गुनासो सुनुवाइ गर्न सेवा प्रदायकले बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ला राख्नु पर्नेछ ।
त्यस्तै कार्डसम्बन्धी समस्याको लागि तत्काल सहयोग गर्न २४ घण्टा हेल्प डेस्क सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन गरेको छ । बैंक तथा वित्तीय संस्थाले गुनासो सुन्ने अधिकारीको नाम, पद, सम्पर्क नम्बरर इमेम ठेगाना संस्थाको वेबसाइटमा राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
साथै क्यूआर कोर्ड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्ड जस्ता विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबार गर्न राष्ट्र बैंकले सुझाएको छ ।