हिमालयन बैंकको नारी बचत र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा ५ लाखबाट वृद्धि भई १० लाख पुग्यो

काठमाडौं । हिमालयन बैंक लिमिटेड स्थापना कालदेखि नै आफ्ना ग्राहकवर्गहरुको सुबिधाका लागि सम-सामयिक विभिन्न प्रकारका बचत तथा नयाँ प्रविधियुक्त अन्य सेवा-सुबिधाहरु प्रदान गर्न हरदम अग्रसर रहेको छ ।

यसै क्रममा बैंकको विभिन्न बचत खाताहरु मध्ये नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम ५ लाख बाट वृद्धि गरी १० लाख सम्म पु¥याइएको छ ।

नारी बचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ भने विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आवद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ ।

१० लाख सम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी बचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बंैकिङ सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको छ ।

यस लगायत बैंकको अन्य सेवाहरुका बारे विस्तृत विवरणको जानकारी बैंकको आधिकारिक वेबसाइट धधध।जष्mबबिथबलदबलप।अयm बाट प्राप्त गर्न सकिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स