महालक्ष्मी विकास बैंकले ल्यायो १२.९९ प्रतिशतको आकर्षक ब्याजदरमा आवास र व्यावसायिक कर्जा सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ वर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकलाई लक्षित गरी व्यवसायिक कर्जा अन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ।

बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि १२.९९ प्रतिशतको आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्नेछ। महिला सशक्तीकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने र उक्त छुट सुविधा सीमित समय अवधिका लागि रहेको जनाएको छ।

आवास कर्जा योजनाअन्तर्गत ऋणिका लागि निर्माण लागतको सतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुटजस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ।

व्यावसायिक कर्जा योजनाअन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुटजस्ता सुविधाहरु बंैकले प्रदान गर्नेछ। हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरका बीच पनि बैंकले सुलभ ब्याजदरमा सरलीकृत तवरले कर्जा प्रवाह गरिरहेको छ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन्। देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०३ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब ७ लाख रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स