गरिमा विकास बैंकद्वारा नयाँ वर्ष वि.सं. २०८०को क्यालेण्डर र नयाँ वेवसाईट विमोचन

काठमाडौं । यस गरिमा विकास बैंक लिमिटेडले आज एक विशेष कार्यक्रम आयोजना गरि आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ ।

आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय ज्यूले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गरका हुन् ।

बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ ।

सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल ज्यूले स्तरोन्नती गरि ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गरेका छन् ।

गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स