काठमाडौं । वित्तीय बजारमा खराब कर्जा बढेको भनेर हल्ला गरिएपनि वास्तविकता भने खासै परिवर्तन भएको देखिएको छैन । अबका दिनमा बढ्ने खराब कर्जालाई छुट्याएर हालसम्मको वास्तविक अवस्थालाईमात्रै हेर्ने हो भने १३ वर्षअघिकोभन्दा अहिले एनपीएल अझ घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई केलाउँदा चालु आवको पुसमसान्तसम्म एनपीएल खासै बढेको छैन ।
गत आवसम्म १.२० प्रतिशतमा सीमित रहेको वाणिज्य बैंकहरूको एनपीएल यो आर्थिक वर्षको पहिलो ६महिनामा ०.१५ प्रतिशतले बढेर २.३५ प्रतिशत पुगेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पनि हामी एनपीएलमा होस् अर्थात ब्याजदरमा होस् धेरै माथि नगएको दावी गरे । ‘अहिलेसम्म प्रेसर नभए पनि अब थप प्रेसर पर्छ कि भन्ने मात्रै हाम्रो डर हो,’ उनले भने ‘सार्क कन्ट्रीमा हामी सबैभन्दा कम एनपीएल भएको देश हौं ।’ साढे १३ वर्षको अवधिलाई हेर्दा त अझ एनपीएल घटेको देखिएको छ ।
२०६७ असारमा २.४८ प्रतिशत रहेको खराब कर्जा पछिल्लो १३ पछि पनि खासै परिवर्तन ठूलो उतार चढाब आएको देखिदैन । २०७९ को असारसम्म १.२० प्रतिशत खराब कर्जा रहेकोमा यो ६ महिनामा बढेर २.३५ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।
२०६७ देखि २०७९ सालसम्मको यो अवधिमा आव २०६८ मा खराब कर्जा बढेर ३.१९ प्रतिशत पुगेको छ । जुन पछिल्लो १३ वर्षकै सबैभन्दा उच्च विन्दु हो । त्यसपछि वाणिज्य बैंकहरूले एनपीएल केहि घट्दै गएपनि त्यसपछिको ५ वर्षको २ प्रतिशतभन्दा माथि रहेको छ भने त्यसपछि गत आर्थिक वर्षसम्म १ प्रतिशत वा २ प्रतिशतको रेन्चमै रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भने खराब कर्जा बढेर २ प्रतिशतभन्दा गएको छ । नियामक निकाय राष्ट्र बैंक र स्वयम् बैकस्हरूले पनि अबका दिनमा एनपीएल बढ्ने बताइरहेका छन् ।
यसले वित्तीय बजारमा प्रश्न उठाइरहेको छ । के अब बैंकहरूमा एनपीएल बढ्यो भने साच्चै बैंकहरू संकटमा पर्छन भन्ने हो । तर, एपीएल बढेर अहिले बजारमा भएको जस्तो हल्ला जस्तो ५÷७ प्रतिशत पुग्ने हो । अहिले १ खर्बमा सीमित रहेको खराब कर्जा बढेर २ खर्बभन्दा माथिको कर्जा खराब कर्जा बन्नेछ ।
यद्यपि नेपालमा हाल भएको खराब कर्जा त्यति धेरै होइन । सन् २०२१ मा सार्क कन्ट्रीमा बंगलादेशको खराब कर्जा ७.९७ प्रतिशत रहेको छ भने पाकिस्तानको ७.८८ प्रतिशत खराब कर्जा पुगेको छ । माल्दिभको ६.७२ प्रतिशत खराब कर्जा रहेको छ भने भारतको खराब कर्जा ६.५४ प्रतिशत छ । सन् २०१८ को तुलनामा अझ यी मुलुकहरूको एनपीएल घटेको छ ।