दुई लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ । बिहीबार नेप्सेले जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।

यी दुवै कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

जसअनुसार, जीवन विकास लघुवित्तको १४.२८५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम १५६६ रुपैयाँका आधारमा नेप्सेले १४.२८५ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य १३७०.२६ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, एनएमबि लघुवित्तको १० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघि सम्म कायम ५६० रुपैयाँका आधारमा नेप्सेले १० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ५०९.९ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा आइतबार बाट कारोबार हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स