महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले १३ हजार बढी कित्ता सेयर आजबाट बिक्रीमा ल्याएको हो ।

जसअनुसार संस्थाका सेयरधनीहरु दिलिप कुमारी मंडरको १३ सय कित्ता, पन्ना लाल चौधरीको ३ हजार कित्ता, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआइसी एशिया बैंकको ५ हजार १८१ कित्ता सेयर बिक्रीमा रहेको छ ।

हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयरमा खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थालाई सेयर बिक्री खुला गरिने पनि संस्थाले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स