सानिमा बैंक बिराटनगरको कञ्चनबारीमा

काठमाडौं । सानिमा बैंकले असोज ८ गते बिराटनगरको कञ्चनबारीमा शाखा स्थापना गरी बैंकिङ सेवा बिस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरे ।

उद्घाटन् समारोहमा मह जोडीले बिराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर बिस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

बैंकको १०६ वटा शाखा र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स