काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक विकास बैंकको ७६ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार मुक्तिनाथ विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
जसअनुसार, बैंकको १३.५ प्रतिशत दरका कुल ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।