सिटिजन्स बैंकको १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.९१ प्रतिशत बोनस तथा ३.०८ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश दिने भएको हो ।

हाल बैंकको चुक्ता पुँजी११ अर्ब ६६ करोड २० लाख रुपैयाँ छ ।

उक्त प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स