महुली लघुवित्तले घटायो लाभांश, अब सेयरधनीहरुले कति पाउँदैछन् नगद र बोनस ?

काठमाडौं । महुली लघुवित्तले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घटेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्तावित लाभांश घटाएको हो ।

यसअघि कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो।

तर, राष्ट्र बैंकले अधिकतम १५ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेकोले सोहि अनुसार कम्पनीले अब १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स