२ सय रुपैयाँभन्दा पनि कम मूल्यमा झरे वाणिज्य बैंकको सेयर

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूको सेयर मूल्य अत्यन्त तल ओर्लिएको छ । कुमारी, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु, सिटिजन्स, प्राइम सनराइज बैंकको सेयर मूल्य २ सयभन्दा कम रहेको छ भने अन्यको मूल्य ५ सयदेखि ३ सयको हाराहारीमा रहेको छ । ब्लूपिच मानिएका कम्पनीको सेयर मूल्य समेत तल ओर्लने क्रम रोकिएको छैन ।

धितोपत्र बजारमा नबिलको भन्दा एनआईसी एशिया बैंकको सेयर मूल्य बढी कायम भएको छ । विनजेश व्यवसायमा यी दुई बैंकको प्रतिस्पर्धा भएपनि पछिल्लो समय नबिल र एनआईसी एशिया बैंकको सेयर मूल्यलाई तुलना गर्दा नबिललाई एनआईसी एशिया बैंकले उछिनेको छ ।

आज मंगलबार एनआईसी एशिया बैंकको प्रतिकित्ता सेयर मूल्य ६८९ रुपैयाँमा कायम भएर बन्द भएको छ भने नबिल बैंकको सेयर मूल्य ६०६.५० रुपैयाँमा बन्द भएको छ । आजको ओपनिङ मूल्यअनुसार एनआईसी एशिया बैंकको सेयर मूल्य १८ रुपैयाँले घटेको छ भने नबिलको ५० पैसालेमात्रे घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स