काठमाडौ । सिद्घार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको आज समुद्घाटन गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियालेभवनको समुद्घाटन गरेको हो ।
उक्त कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रमुख एवम्प्रतिष्ठित उद्योगी, व्यापारीे समूहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
बैंकले विगत १६ वर्ष देखि पोखरा म.न.पा., वडा नं ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको पोखरा शाखालाई पनि उक्त भवनमा स्थानान्तरण गरेको छ । अत्याधुनिक प्रविधिमैत्री बंैकिङ मार्फत आम ग्राहकहरु समक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बंैकले विश्वास लिएको छ ।
यसका साथै बैंकले उक्त समुद्घाटनको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत श्री अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सो को लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहिन बिद्यार्थीहरुको लागि बहुउद्देशीय हल निर्माण गर्न ४० लाख सम्मको सहयोग गर्ने सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र श्री अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेको हो।
कार्यक्रममा श्री अमरसिंह उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखि देशको एक जिम्मेवार संस्थाको रुपमा विभिन्न सामाजिक कार्यहरूमा सधैँ अग्रसर रहदै आईरहेको बारेमा चर्चा गर्दै बैंकबाट प्राप्त उक्त सहयोग बिद्यालयको लागि ठूलो महत्वको रहेको बताए ।
बैंकका अध्यक्ष मनोज कुमार केडियाले बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको जानकारी गराएका थिए ।